आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

हिरासतमा रहेका श्रीमान् बालकृष्णलाई भेट्न पुगिन् मञ्जु खाण

सोमबार, ०८ जेठ २०८०, १० : ०६
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना पति बालकृष्ण खाणलाई सांसद मञ्जु खाणले भेटेकी छन् ।  

उनले जिल्ला प्रहरी कार्यालयको हिरासतमा पति खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनी पति खाण पक्राउ परेको बाह्रौं दिन मात्र सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । 

सो प्रकरणमा मञ्जुमाथि समेत अपुष्ट आरोप लागेपनि उनी पक्राउ परेकी छैनन् । मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् । 

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु आफ्ना पति खाणलाई भेट्न पुगेकी हुनु । 

शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप