सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अनैतिक कार्यमा लगाउने होटेल सञ्चालक पक्राउ, तीन किशोरीको उद्धार

सोमबार, ०८ जेठ २०८०, १० : ३३
सोमबार, ०८ जेठ २०८०

बनेपा । काभ्रे प्रहरीले किशोरीहरुलाई यौनधन्दामा लगाउने एक युवकलाई पक्राउ गरेको छ  । 

बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका रोशी गाउँपालिका– ६ का २९ वर्षीय राधाकृष्ण मैनाली पक्राउ परेका हुन् ।

बनेपा–८ स्थित उक्त क्याफेमा अनैतिक क्रियाकलाप भएको उजुरी पछि सो क्याफेका सञ्चालक मैनालीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख रेशम बोहोरा जानकारीले दिए । उनका अनुसार उक्त होटलवाट अनैतिक कार्यमा संलग्न गराईएका ३ जना किशोरीहरूलाई उद्धारसमेत गरिएको छ । 

जिल्ला अदालत धुलिखेलबाट ७ दिने म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप