मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

देशका केही मुट्ठीभर मान्छेले हालीमुहाली गरे : प्रभु साह

सोमबार, ०८ जेठ २०८०, १४ : ५२
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साहले देशका केही मुट्ठीभर मान्छेले हालीमुहाली गरेको आरोप लगाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साहले अहिलेकै अवस्थामा देशको उन्नति नहुने बताए ।

‘यो संसद् बोल्ने र ताली पिट्ने मात्रै हो । कसैले २ घण्टा बोल्न पाएका छन् कसैले बोल्नै पाएका छैनन् । कतिपयको बोलेपनि सुनुवाइ छैन । अन्तिममा ताली पिटेर पारित गर्नुपर्ने हुन्छ’ साहले भने, ‘हामी जसरी देखावटी लोकतन्त्रको अभ्यास गर्दै छौं ।  देश जहाँ छ त्यहीँ छ ।’ 

देश जहाँको त्यहीँ हुँदा समेत किन देशमा लोकतन्त्र छैन भन्न नसकेको भन्दै साहले प्रश्न गरे । ‘लोकतन्त्र भनेको स्वतन्त्रता हुन्छ, अंकुश हुँदैन । अहिले मुठ्ठीभर नेताहरूको हालीमुहाली छ । जति गरेपनि सत्य यहीँ हो’ उनले भने, ‘यसरी देशको उन्नति र प्रगति गर्न सम्भव छैन ।  जनता निरीह र कमजोर छन् । भ्रष्टाचार र लुटतन्त्र बढेको छ । जनता लाचार छन् ।’ 

आफूलाई ठुलोबडा भन्नेहरू भ्रष्टाचार गरेर विदेश भागीको साहले बताए । देश र जनता उजाड भएपनि कसैलाई मतलब नभएको साहले बताए । 

देश र जनतालाई निरीह बनाउने प्रणालीको विकल्पको विषयमा छलफल किन नहुने भन्दै साहले प्रश्न गरे । ‘यो प्रणाली लोकतन्त्र हो ? बाहिर सकाहारी होटल लेखेको छ भित्र मासु पाकिरहेको छ । त्यसलाई साहाकारी भन्ने कि मांसाहारी होटल भन्ने हो । लोकतन्त्रमा अंकुश हुँदैन । तर, दलीय अकंशु लगाएको छ । यस्तो हुन्छ ?’ साहले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप