सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्विजरल्याण्डको सपना देखाएर ठगी गर्ने पार्वती पक्राउ

सोमबार, ०८ जेठ २०८०, १६ : १४
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ ।  स्विजरल्याण्ड पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल बाँकेको कोहलपुर बस्ने पार्वती थापा रहेकी छन् । 

थापाले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्विजरल्याण्ड पठाइदिने भन्दै ठगी गरेको उजुरी परेको थियो । पार्वतीले स्जिरल्याण्ड जान सात लाख बीस हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि सुपरमार्केटमा प्याकिङको काम लगाइदिने भन्दै ठगी गरेको खुलेको छ । 

पीडितबाट पार्वतीले सात लाख बीस हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । 

विभागको पत्राचारका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले थापालाई काठमाडौँको गोंगबुबाट पक्राउ गरेको हो ।

उनीउपर  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप