आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : अध्यक्ष ओली

सोमबार, ०८ जेठ २०८०, १८ : १८
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।  धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सदभावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने उनले बताए ।  

अध्यक्ष ओलीले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदुपयोग गर्दै अघि बढ्नुपर्ने आवश्यकता समेत औंल्याए । 

नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालीहरुले अतिवादमा जानै नहुने पनि पटकपटक दोहो¥याए । मुलुकमा पनि साम्प्रदायिक विद्धेष फैंल्याउने षडयन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसबाट जोगिएर अघि बढ्नुपर्ने पनि बताए ।  

ओलीले विश्व राजनीतिमा धर्मको नाममा जनता मारिएको दृष्टान्त पेश गर्दै नेपालले पनि त्यसबाट सिकेर अतिवादको पक्षमा लाग्न नहुने बताए ।  

अध्यक्ष ओलीले नेपालीहरुबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सद्भाव बिथोल्ने प्रयास हुन सक्ने भन्दै सचेत पनि गराए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप