सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

मङ्गलबार, ०९ जेठ २०८०, ०७ : २१
मङ्गलबार, ०९ जेठ २०८०

 काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज हुने दुई खेल मध्ये एक खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ भने अर्को एन्फा कम्प्लेक्स, ललितपुरमा हुनेछ । 

एन्फा कम्प्लेक्सको मैदानमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लब एक आपसमा भिड्दै छन्, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

उता, दिउँसो तीन बजेबाट नै सातदोबाटो युवा क्लब र खुमलटारको बचमा प्रतिस्पर्धा सुरु हुनेछ । जुन खेल दशरथ रङ्गशालामा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप