सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खैरो हेरोइनसहित कोटेश्वरबाट एकजना पक्राउ

मङ्गलबार, ०९ जेठ २०८०, १२ : २१
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–१० घर भएका ३९ वर्षीय दिनेश लोवा छन् ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले आरोपीको साथबाट १० ग्राम ५ सय मिलिग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ । आरोपीको साथमा डिजिटल तराजु पनि भेटिएको छ ।

आरोपीबारे ब्युरोले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप