आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनताको पक्षमा बजेट आओस् : सांसद रायमाझी

मङ्गलबार, ०९ जेठ २०८०, १५ : १५
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ ।  नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले प्राथमिकता प्राप्त आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले निर्धारित समयमै आयोजना सम्पन्न हुने गरी बजेट निर्माण गरिनुपर्नेमा जोड दिए । 

“रु १० करोड लाग्ने आयोजना छ, तर बजेट रु एक करोड मात्र छुट्ट्याइएको छ, न योजना सफल हुन्छ, न कार्यान्वयन हुन्छ”, रायमाझीले भने, “नीति कार्यक्रमअनुसार बजेट ल्याइनुपर्छ, जनताको पक्षमा, विकास र परिवर्तनको पक्षमा बजेट आओस् ।”
 
सत्तामा बस्नेले ल्याएको नीति कार्यक्रमलाई प्रतिपक्षीले आलोचना मात्रै गर्ने र सत्तामा रहनेले समर्थन मात्रै गर्ने गरिएकातर्फ असन्तुष्टि व्यक्त गर्दै उनले प्रतिपक्षीले उठाएका राम्रा विषयलाई सरकारकाले ध्यान दिनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप