सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘मिडियामा भाइरल हुन नर्स पेसामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन’

मङ्गलबार, ०९ जेठ २०८०, १५ : १७
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । अस्पतालहरूमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरूले धर्ना दिएका छन् । मंगलबार काठमाडौँको माइतीघर मण्डलामा विभिन्न अस्पतालहरूमा कार्यरत नर्सहरूले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै सोमवारदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन् । आज पनि धर्ना कार्यक्रमलाई जारी राखेका हुन् । 

346168089_2407333776111475_8338994818240118898_n

उनीहरूले न्यून तलबमा क्षमता भन्दा पनि बढी बिमारीहरूको हेरचाह गर्दा समेत कामको मूल्याङ्कन गर्नुपर्ने माग राखेका छन् । धर्नामा सहभागी नर्स दीपा गिरीले सरकारले नर्सहरूको कार्यभार कम गरी कामको निश्चित सीमा कायम गर्नु पर्ने प्रमुख माग रहेको बताइन् । न्यून तलबमा क्षमता भन्दा बढी बिरामीको हेरचाह गरे पनि कामको मूल्याङ्कन हुन छोडेको उनको भनाई थियो । 

गिरीले पछिल्लो समय नर्सहरू सुरक्षित रूपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरूमाथि हुने टीकाटिप्पणी रोकिनुपर्ने बताइन् । उनले नर्स पेसालाई राज्यले अमर्यादित बनाउनबाट रोक्नुपर्ने जिकिर गरिन् । उनले अस्पतालमा एक जना नर्सले बिमारी हर्ने चाप कम गर्नुपर्ने पनि माग गरिन् । 

346171991_5792520310854711_9172879967530608602_n

धर्नामा बस्ने नर्सहरूले कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभूति गराइयोस्,गल्ती देख्नेहरूले हाम्रो राम्रो काम पनि देखोस्,मिडियामा भाइरल हुन नर्स पेसामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन,व्यक्ति गलत होला तर नर्सिङ पेसा गलत छैन भन्ने जस्ता प्लेकार्डसहित धर्नामा बसेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप