आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हामीलाई हुँडारले जस्तै जिउँदै खाएर सिध्याउन  खोजियो : ओली

मङ्गलबार, ०९ जेठ २०८०, १५ : १९
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई हुँडारले जस्तै जिउँदै खाएर  सिध्याउन  खोजिएको टिप्पणी गरेका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै ओलीले चार होइन दशतिरबाट टोकेर सिध्याउन  खोजिएको बताए ।

‘हामीले यो दुई वर्षमा धेरै भयानक हमला, चारै दिशाबाट मात्रै हैन दसै दिशाबाट हामीमाथि तीव्र हमला भयो । हामीलाई सिध्याउन दसैँ दिशाबाट हमला भयो’ ओलीले भने, ‘तलमाथि, वरपर, पूर्व पश्चिम, उत्तरदक्षिण कुनाकुना कतै बाँकी नराखेर चौतर्फी हमाल भयो ।  हुँडारको बथान जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात  टोक्छ, कसैले टाउकोतिर टोक्छ । हीही गरेर कराएर झम्टिए । जिउँदै खाएर  सिद्याउन खोजियो ।’ 

२ वर्षमा विचित्र खालको स्थितिबाट बेहोर्दै यो अवस्थामा आइपुगेको भन्दै ओलीले खुसी व्यक्त गरे । 

‘त्यस्तो प्रतिकुल २ वर्षको अवस्थामा हामीले पार्टीलाई जोगाएका छौं । पार्टीलाई पुनर्जीवित गराएका छौं । अझ मजबुतिका साथ सशक्तढंगले पुर्नजिवित गरेका छौं’ ओलीले भने, ‘जीवन शर्माको गीतले भन्या जस्तै पिलो निचोरिँदैमा ओजन घटेको हुन्न भने जस्तै भयो । पीडा घटेको जस्तो मात्र भयो ।’  

ओलीले पार्टी ध्वस्त पार्ने, चल्न नदिने, गति ल्याउन नदिने, पार्टी नीति र नेतृत्वप्रति अनास्था जगाउने परास्त भएको बताए । पार्टीमै बसेर पार्टीप्रतिको निष्ठा ध्वस्त पार्ने र आस्था भंग गर्नेहरु निस्किएको उनले बताए । 

ओलीले यो परिस्थितिले पार्टीलाई शुद्धीकरण गर्न ठूलो मौका मिलेको बताए । ‘अहिले पार्टी सम्पूर्ण रूपमा शुद्धीकरण भयो भन्दिन । मूलभूत रूपमा शुद्धीकरण भयो । शुद्धीकरण भएर मजबुतका साथ पार्टीलाई यहाँसम्म ल्याएका छौं’ ओलीले भने ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप