सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेमिफाइनलमा पुगेका नेपाल र भारतबीच बुधबार समूह विजेता बन्न भिडन्त

मङ्गलबार, ०९ जेठ २०८०, २० : ३५
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । आयोजक राष्ट्र नेपाल र भारत काठमाडौँमा जारी एनएससी—काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुबै टोली लगातार दोस्रो खेल जित्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् ।

नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार बंगलादेशलाई ३–० सेटले पराजित ग¥यो । नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक भएको च्यालेन्ज कपको समूह ‘ए’ मा रहेको नेपालले बंगलादेशमाथि २५–१०, २५–८, २५–९ अंकको जित हासिल गरेको हो।

नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा सोमबार किर्गिस्तानलाई हराएर ३ अंक बटुलेको नेपालले बंगलादेशमाथिको जितसँगगै ६ अंक बनाएको छ । सोही समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ । 

भारतले मंगलबार आफ्नो दोस्रो खेलमा किर्गिस्तानलाई २७–१७, २५–८, २५–८ अंकले हरायो । अब समूह विजेता बन्नका लागि बुधबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता समूहमा पहिलो हुँदै सेमिफाइनलमा पुग्नेछ । किर्गिस्तान र बंगलादेशले भने अब वरीयताका लागि मात्र प्रतिस्पर्धा गर्नेछन् ।

मंगलबार नै भएको समूह ‘बी’ को खेलमा कजाकिस्तानले श्रीलंकामलाई ३–१ सेटले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो र दोश्रो सेट क्रमशः २५–१६, २८–२६ अंकले आफ्नो  पक्षमा पारेको कजाकिस्तान तेस्रो सेटमा भने १८–२५ अंकले पराजित भएको थियो । चौथो प्रतिस्पर्धात्मक चौथो सेटमा कजाकिस्तान २९–२७ अंकले विजयी भयो । उक्त जितसँगै कजाकिस्तानको ६ अंक पु¥याएको छ । पहिलो खेलमा कजाकिस्तानले मालदिभ्सलाई पराजित गरेको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप