मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग

चेन्नई १० औं पटक फाइनलमा, गुजरात १५ रनले पराजित

बुधबार, १० जेठ २०८०, ०७ : ४१
बुधबार, १० जेठ २०८०

चेन्नई । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई सुपर किंग्स १० औं पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । ओपनर रुतुराज गायकवाडले ४४ बलमा सर्वाधिक ६० रन बनाएपछि पहिले ब्याटिङ गरेको चेन्नईले १७२ रन बनाएको थियो ।

ब्याटिङ गर्न कठिन हुँदै गएको पिचमा गुजरात १५७ रनमा अलआउट भयो। गुजरातका लागि शुबमन गिलले ३८ बलमा सर्वाधिक ४२ रन बनाए ।

यस खेलमा पराजित भए पनि गुजरातको टोली फाइनलको दौडमा कायम छ । गुजरातले अब बुधबार एलिमिनेटर(१ को विजेतासँग खेल्नुपर्नेछ। यस एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ।

गुजरातले टस जितेर बलिङ रोजेको छ । पहिले खेलेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा गुजरात २० ओभरमा १५७ रनमा अलआउट भयो। यो जितको नायक बने ऋतुराज गायकवाड । उनले ४४ बलमा ६० रनको महत्वपूर्ण इनिङ खेले।  डेभोन कोनवे ९३४ बलमा ४०० को जोडीले ६४ बलमा ८७ रनको ओपनिङ साझेदारी गरे । त्यसपछि रविन्द्र जडेजाले १६ बलमा २२ रनको योगदान दिए । अजिंक्य रहाणे र अम्बाती रायुडुले समान १७–१७ रन जोडे ।

१७३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको गुजरातको टोलीले नियमित अन्तरालमा विकेट गुमायो । टोलीका ५ फिनिसरले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । जसका कारण टोलीले हार बेहोरेको थियो ।

गुजरातका ओपनर शुभमन गिलले ३८ बलमा ४२ रन बनाए भने लोअर मिडल अर्डरमा राशिद खानले १६ बलमा ३० रन बनाए। दासुन शनाकाले १७ र विजय शंकरले १४ रनको योगदान दिए । चेन्नईका लागि रविन्द्र जडेजा, दीपक चाहर, महिश टिक्षाना र मथिस पाथिरानाले २–२ विकेट लिए । तुषार देशपाण्डेले एक विकेट लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप