सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

बुधबार, १० जेठ २०८०, ०७ : ५२
बुधबार, १० जेठ २०८०

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार २१ औँ राउन्डका खेल हुन लागेका हुन् ।

जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ । 

च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फुटबल क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ । 

उता, दशरथ रङ्गशालामा २ बजेवाट सुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ ।

रङ्गशालामा हुने दोस्रो खेल साँझ ६ बजेबाट सुरु हुनेछ, जुन खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप