सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लिग च्याम्पियन भइसकेपछि बार्सिलोनाको लगातार दोस्रो हार

बुधबार, १० जेठ २०८०, ०८ : ४३
बुधबार, १० जेठ २०८०

काठमाडौँ । स्पेनिस ला लिगाको च्याम्पियन क्लब बार्सिलोनाले पुनः अर्को पराजय भोग्नु परेको छ ।

यस सिजनका ला लिगा च्याम्पियन भइसकेको बार्सिलोनाले  लगातार दोस्रो पराजय भोगे पछि उसको उपाधि जित खल्लो हुन पुगेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित हुन पुगेको हो, यसअघि बार्सिलोना रियल सोसिडाडसँग २–१ ले पराजित ब्योहोर्नु परेको थियो ।  

मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै आन्द्रेसर क्रिस्टेन्सेनको आत्मघाती गोल गरे पछि बार्सिलोना सुरुमा नै पछि पर्न गयो । खेलको २२औं मिनेटमा साइल लरिनले पेनाल्टीमा गोल गरे पछि भालाडोलिडले पहिलो हाफमा नै २–० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफको ७३औं मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै घरेलु टोलीलाई भालाडोलिडलाई ३–० को फराकिलो अग्रता दिलाउन सफल भए । तर ८४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा फर्काए पनि जितका लागि त्यो पर्याप्त हुन सकेनन् ।

अन्ततः दुवै पक्षबाट थप गोल हुन नसकेपछि बार्सिलोना ३–१ ले पराजित हुन पुग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप