सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा करेन्ट लागेर मजदुरको मृत्यु

बुधबार, १० जेठ २०८०, १४ : ००
बुधबार, १० जेठ २०८०

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । प्रहरीले शुद्धोधन गाउँपालिका-४ फर्साटिकरका २८ वर्षीय पवन थारुको पराजुली ग्रील उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते थारुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप