सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्दै ब्राइटन युरोपा लिगमा

बिहीबार, ११ जेठ २०८०, १० : २७
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब ब्राइटनले युरोपा लिगमा स्थान पक्का गरेको छ । प्रिमियर लिगको बुधबार राति खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई १—१ गोलको बराबरीमा रोक्दै ब्राइटनले युरोपा लिगमा स्थान बनाएको हो ।

युरोपा लिग युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता हो । ३७ खेलबाट ६२ अंक जोडेको ब्राइटन तालिकाको छैटौं स्थानमा छ । तालिकाको सातौं स्थानमा आसिन एस्टन भिल्लाले ३७ खेलबाट ५८ अंक बटुलेको छ । अन्तिम खेलमा ब्राइटन पराजित र एस्टन भिल्ला विजयी भए पनि अंक तालिकामा कुनै फरक पर्ने छैन । प्रिमियर लिग तालिकाको माथिल्लो ४ स्थानमा आउने टोली युरोपियन च्याम्पियन्स लिगमा तथा पाँचौं र छैटौं स्थानमा आसिन टोली युरोपा लिगमा छनोट हुने प्रावधान छ । तालिकको सातौं स्थानमा आउने टोलीले भने युरोपा कन्फरेन्स लिगको छनोट खेल्न पाउने छ ।

म्यानचेस्टर सिटीले भने यसअघि नै प्रिमियर लिगको उपाधि जित्ने पक्का भइसकेको छ । खेलमा सुरुआती अग्रता म्यानचेस्टर सिटीले लिएको थियो । खेलको २५ औं मिनेटमा म्यानचेस्टर सिटीका लागि फिल फोडेनले पहिलो गोल गरेका थिए । ३८ औं मिनेटमा ब्राइटनका जुलियो एन्सिसोले जवाफी गोल फर्काएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप