सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आनन्द कार्कीको नयाँ गीत ‘गोधूलि साँझै’ सार्वजनिक

बिहीबार, ११ जेठ २०८०, ११ : ४३
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । लोकप्रिय गायक आनन्द कार्कीको नयाँ गीत ‘गोधूलि साँझै’ मा सार्वजनिक भएको छ । डन कार्कीको शव्द तथा युगेश कार्कीको प्रस्तुति रहेको गीतमा चाँद सिंहको संगीत तथा संगीत संयोजन छ । आधुनिक तथा फिल्मी गरेर ५००० भन्दा बढी गीतमा स्वर दिइसकेका गायक कार्कीका कयौं गीतहरु हिट छन् । आफ्नो गीतको भिडियोमा अहिलेसम्म मोडलको रुपमा नदेखिएका कार्की यो गीतमा भने मोडलको रुपमा पनि देखिएका छन् ।

लोकलयमा आधारित डान्सिङ गीतमा गायक कार्कीलाई मोडलिङमा अभिनेत्री अनु शाहले साथ दिएकी छिन् । उत्सव दाहालको छायांकन, राजकुमार दर्जीको कोरियोग्राफी रहेको भिडियोको निर्देशन राजकुमारले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप