सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भाग्यश्री, रञ्जितलगायत चर्चित दर्जन भारतीय सेलिब्रेटी नेपाल आउँदै

शुक्रबार, १२ जेठ २०८०, १० : १७
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । भाग्यश्री, रञ्जित, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवार लगायत करिब दर्जन भारतीय चर्चित सेलिब्रेटी नेपाल आउने भएका छन् ।

आउँदो २१ जेठमा आयोजना हुने भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा सहभागी हुन उनीहरु नेपाल आउने भएका हुन् । पाँचौ संस्करण भारतमा सम्मन्न भएको यो अवार्डको नयाँ संस्करण अर्थात छैटौँ संस्करण काठमाडौँमा आयोजना हुन लागेको हो ।

बिहीबार राजधानीको होटेल र्‍याडिसनमा एक पत्रकार सम्मेलन गर्दै आयोजक फन् इभेन्ट्सले अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको हो । 

कार्यक्रममा आयोजक फन् इभेन्ट्स सह–संस्थापक हरिश बब्बरले भारतका विभिन्न मुख्य शहरहरुमा विगतमा आयोजना हुँदै आएको अवार्ड यो पटक नेपाल ल्याएको जानकारी दिए । उनले नेपालको कला संस्कृतिका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अवार्ड नेपालमा ल्याएको बताए ।

बब्बरले अवार्ड समारोहले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । ‘कोभिड १९ पछि थलिएको दुबै देशको पर्यटन व्यवसायलाई यो अवार्ड समारोहले उर्जा दिनेछ भन्ने हाम्रो विश्वास छ’ उनले बताए । 

नेपाल तथा भारतका चर्चित सेलिब्रेटीको प्रस्तुति समेत रहने अवार्डमा नेपालका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद लगायतका क्षेत्रका ब्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा नेपालको सांग्रिला भोयाजले ट्राभल पार्टनरको रुपमा सहभागिता जनाउने छ । छोटो समयका बाबजुद पनि भारतबाट आउने सेलिब्रेटीलाई नगरकोटको साइट सिन, पशुपति दर्शन लगायतको योजना रहेको भोयाजका प्रबन्ध निर्देशक दीपक खनालले जानकारी दिए । उनले अवार्डले नेपाल तथा भारतबीच पर्यटन प्रबर्द्धनमा ठुलो योगदान मिल्ने विश्वास व्यक्त गरे ।

अवार्डमा नेपालबाट तर्फबाट सृजना शत्रुले सहभागिता जनाएको छ । सजलजंग केसीले इभेन्ट म्यानेजमेन्टको जिम्मा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप