सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कालिमाटी वृत्तको हिरासतबाट मध्यराति भागेका थुनुवा पक्राउ

शुक्रबार, १२ जेठ २०८०, १० : ३६
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । प्रहरी वृत्त कालिमाटीको हिरासतबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार मध्यराति प्रहरी वृत्त कालिमाटीको पर्खाल नाघेर २९ वर्षीय सञ्जीव राई भागेका थिए । हिरासतमा बिरामी भएका अर्का थुनुवालाई प्रहरीले निकाल्न खोज्दा उनी भागेका हुन् ।

उनलाई सिनामंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । हिरासतबाट प्रहरीको आँखा छलेर निस्केपछि पर्खाल नाघेर बाहिर गएको अनुसन्धानबाट थाहा भएको छ । पर्खाल नाघेर भाग्दा उनको खुट्टामा चोट लागेको छ ।

३५ ग्राम ब्राउन सुगर सहित पक्रेर उनलाई प्रहरीले अनुसन्धान गरिरहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप