आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित

शुक्रबार, १२ जेठ २०८०, १३ : १६
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ ।  नेकपा एमालेका सांसदहरुले वेल घेराउ गरेका छन । वेल घेराउसँगै प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको

जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिएका थिए ।  यसैबीच, एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएम्म संसद चल्न नदिने अडान राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप