आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

एमालेलाई माओवादीको जवाफ : संसदमा आफ्नो कुरा राख्न पाइन्छ

शुक्रबार, १२ जेठ २०८०, १३ : २०
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताएका छन् ।

शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जेठ १० गतेको बैठकमा सत्ता पक्षकै सांसद लेखनाथ दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीमा भष्टाचार गरिएको आरोप लगाएको भनी आपत्ति जनाएका थिए l सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिएका थिए ।

त्यसैबीच संसदमा समय माग गरी बोलेका सत्तासिन माओवादीका प्रमुख सचेतक पाण्डेले संसदमा विषयवस्तुहरु उठान गर्न पाइने बताएका हुन् ।

उनले संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्ष दलले यस्ता विषवस्तु उठाएर संसद अवरुध्द गर्न नहुने बताए । उनले सार्वभौम संसदमा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसदलाई व्यवस्थित रुपमा लैजानुपर्नेमा जोड दिए ।

प्रमुख सचेतक पाण्डेले भने, ‘हामी यो संसदमा छौँ, संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा गरिरहेका छौँ । हामीले यही संसदलाई अघि बढाउने, आफ्ना कुरा संसदमा राख्ने भन्यौँ, त्यहीअनुसार कुरा गरिसकेपछि अहिले जुन खालको विषयवस्तु गरिएको छ, प्रमुख प्रतिपक्ष दलमा यो सार्वभौम संसद हो, सार्वभौम संसदमा बोल्न, विषयवस्तु राख्न पाइन्छ । आफ्ना आफ्ना कुरा राख्न मिल्छन् । यसलाई व्यवस्थित रुपमा लगियोस् । यो देशमा अहिले जसरी भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार भइरहेका विषयवस्तुहरुलाई छानबिन गर्नुपर्छ ।’

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरुले सरकारबिरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।  त्यसको जवाफ दिन सरकारसँग माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिए । जसका कारण आजै बैठक बस्दै नबसी भोलिका लागि स्थगित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप