आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

प्रतिनिधिसभा बैठकको नयाँ समय तय

शुक्रबार, १२ जेठ २०८०, १४ : ५६
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्ने नयाँ समय तय भएको छ । एमालेको अवरोधका कारण २० मिनेट स्थगित भएको बैठक उक्त समयमा बस्न नसक्ने भएपछि दिउँसो ३ बजेका लागि तय भएको हो ।

संघीय संसद्का महासचिव डा भरतराज गौतमले जारी गरिएको सूचनामा भनिएको छ, 'आज मिति २०८० साल जेठ १२ गते शुक्रवार दिनको १२:४५ बजे बिस मिनेटपछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक आजै दिनको ३:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा मा. सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप