आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको शुभारम्भ

शुक्रबार, १२ जेठ २०८०, १७ : १४
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।  बैंकले शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेका हुन् । उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरे । 

क्रेडिट कार्ड प्रयोगकर्ताले पीओएस मेसिन, अनलाइन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटीएमबाट सजिलै नगद झिक्न सक्नेछन् । 

 कार्ड मार्फत नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा र वस्तु वा सेवाहरू खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सीमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल  भारत र भुटानमा सजिलै  प्रयोग गर्न सकिने जस्ता विशेषताहरू क्रेडिट कार्ड सेवामा उपलब्ध रहेको बैंकले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप