आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

प्रतिनिधिसभाको बैठक साँझ ६ बजे

शुक्रबार, १२ जेठ २०८०, १७ : १९
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक साँझ ६ बजेका लागि तोकिएको छ । एमालेको अवरोधका कारण मध्यान्ह साढे १२ देखि स्थगित भएको बैठक साँझ ६ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।

२० मिनेटका लागि भनेर स्थगित गरिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । प्रतिपक्षी दल एमाले र सत्तापक्षबीच कुरा नमिल्दा बैठकको समय पछि धकेलिएको हो ।

संसद सचिवालयको सूचनामा भनिएको छ, 'आज मिति २०८० साल जेठ १२ गते शुक्रबार सूचना प्रकाशित गरी दिनको ३:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक आजै बेलुका ६:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

samsad

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप