सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ

शुक्रबार, १२ जेठ २०८०, २० : २२
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । प्रतिबन्धित लागुऔषधसहित २ जना  पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको दार्जेलिङका २२ वर्षीय शिवु घोष र सोही ठाउँकी २६ वर्षीय श्यामली सोरेन रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १९४ ग्राम ५४०मिलिग्राम, २ थान साइकल र २ थान मोबाइल पनि बरामद गरिएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप