आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक आज बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

शनिबार, १३ जेठ २०८०, ०६ : १२
शनिबार, १३ जेठ २०८०

काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्नेछ । 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ । 

शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए । 

345646

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप