सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

शनिबार, १३ जेठ २०८०, ०८ : २२
शनिबार, १३ जेठ २०८०

काठमाडौँ  । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछन् भने च्यासल मैदानमा एउटा खेल हुनेछ । 

जसअनुसार च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बिच हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

दशरथ रङ्गशालामा हुने पहिलो खेलमा जावालाखेल यूथ क्लब र एपिएफ फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

यसैगरी, दोस्रो खेलमा चर्च ब्वाईज र सङ्कटा क्लब आमने सामने हुनेछ । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप