मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साधारणसभाकै दिन प्रेस सेन्टरमा भाँडभैलो, ललितपुरका ८ पदाधिकारीले दिए राजीनामा

शनिबार, १३ जेठ २०८०, १६ : ३४
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । प्रेस सेन्टर नेपालले प्रदान गरेको पुरस्कारमा चित्त नबुझेपछि सो संगठनमा आवद्ध पत्रकारहरुले राजीनामा दिन थालेका छन् । सोही क्रममा प्रेस सेन्टर ललितपुर शाखाका आठ जना पत्रकारले राजीनामा दिएका छन् । उत्कृष्ट जिल्ला कमिटीको रुपमा ललितपुर जिल्ला कमिटीलाई छनोट नगरेको विरोधमा सो शाखाका अध्यक्षसहित आठ जना पदाधिकारीले राजीनामा दिएका हुन् ।

ललितपुर प्रेस सेन्टरका अध्यक्ष रामहरि कार्कीले पछिल्लो समय आफ्नो जिल्लाले देशभरकै जनपक्षीय पत्रकारलाई संगठित गर्ने र पार्टीलाई हरेक कार्यमा मजवुत बनाउन दृढताका साथ काम गरिरहेको दाबी गर्दै आएका थिए । तर, संगठनको केन्द्रीय नेतृत्वबाट जिल्लाको कार्य र प्रतिष्ठामा कमी ल्याई आत्मसम्मानमा ठेस पुर्याउने काम भएको भन्दै उनले हालको परिस्थितिलाई मूल्याङकन गरेर संगठनको साधारण सदस्यको जिम्मेवारीमा मात्र रहने गरी राजीनामा दिएको बताए ।

राजीनामा दिनेमा कार्कीसहित उपाध्यक्ष गोपाल आलेमगर, सचिव दीपक अर्याल, सहसचिव अनिल पन्त र नारायणलिंखा देवान, कोषाध्यक्ष कृष्ण पौडेल, प्रेस सेन्टर ललितपुर महानगरपालिकाका सचिव राजुप्रसाद नेपाल र प्रेस सेन्टर उपत्यका समितिका सदस्य राममणि घिमिरे रहेका छन् । उनीहरुले प्रेस सेन्टरको साधारण सदस्य रहने गरी आ–आफ्नो पदबाट राजीनामा दिइएको बताएका छन् ।

त्यस्तै, पुरस्कारमै चित्त नबुझेपछि प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष किरण कर्णले पनि राजीनमा दिएका छन् । यद्यपि उनले प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको निर्णयअनुसार निर्धारित समयमा मधेश प्रदेश समितिको साधारणसभा गर्न गराउन नसकेको र विगत केही महिनादेखि आफु घरायसीमा समस्यामा रहेकाले संगठनमा रहन नसक्ने भन्दै राजीनामा बुझाएका छन् । 

press-center-lalitpur

kiran-karna

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप