सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’मा अदिति

शनिबार, १३ जेठ २०८०, १८ : ३३
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । अभिनेत्री अदिति बुढाथोकी दोस्रो फिल्म ‘बाबरी’पछि अहिले भारतमै रहेकी छन् । उनी अहिले म्युजिक भिडियोसँगै वेब सिरिजहरूमा व्यस्त छिन् ।

यस्तैमा म्युजिक वेब सिरिज सिजन १ मा अदिति मुख्य अभिनेत्रीको रुपमा काम गरिरहेकी छिन् । नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेब सिरिज’मा अदितिले सिजन १ देखी सिजन ३ सम्म काम गर्ने भएकी छिन् । अमेजन प्राइमबाट रिलिज हुने वेब सिरिजको सिनेमाटोग्राफर विनोद प्रधान रहेका छन् । अदिति अहिले यही वेब सिरिजको सुटिङमा काम गरिरहेकी छिन् ।

यता नेपालमा भने अदितिको होम प्रोडक्सन बाबरी प्रोडक्सनबाट नयाँ फिल्मको   निर्माणको तयारी पनि तीव्र रूपमा भइरहेको छ । ‘बाबरी’ रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ अनटाइटल्ड चलचित्रको घोषणा गरेकी थिइन् । सो चलचित्रमा मुख्य कलाकारको रूपमा ‘बाबरी’कै कलाकारहरू धिरज र अदिति फाइनल भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप