सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गैँडाको खागसहित तीन जना पक्राउ

शनिबार, १३ जेठ २०८०, १८ : ५७
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१८ धरमपुरबाट संरक्षित वन्यजन्तु गैँडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु १ थानसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ धरमपुर बस्ने ६५ वर्षीय होम बहादुर विक, ४३ वर्षीय कृष्ण बहादुर महतो र ६८ वर्षीय सिखा राम थारु रहेका छन् । 

 संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौँबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) को समन्वयमा उनीहरूलाई उक्त वस्तुसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम) मार्फत डिभिजन वन कार्यालय नवलपरासीमा वुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप