सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

शनिबार, १३ जेठ २०८०, १९ : ०१
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरस्थित सुनसरी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय ओमकार कार्की समेत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ६ सय १५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ शंखरापुर नगरपालिका-६ साँखु डेरा गरी बस्ने सोही नगरपालिका-१ घर भएका सत्यमान तामाङले घर भाडामा लिई जुवातास खेलाइरहेको अवस्थामा तामाङ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ९५ रुपैयाँ, अमेरिकी ५ डलर र मलेसियाको आरएम १ दरको १० वटा नोटसहित पक्राउ गरेको हो ।

उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ शनिहलस्थित डोको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने कालिकोट रास्कोट घर भएका ४० वर्षीय मदन न्यौपाने समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप