आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आइतबार, १४ जेठ २०८०, ०६ : ०३
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ। देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। यी तीन प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप