सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एक खेल अगावै पीएसजीले जित्यो फ्रेन्च लिगको उपाधि

आइतबार, १४ जेठ २०८०, ०६ : ५७
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ । 

स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै पीएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधि जितेको हो । यो जितसँगै पीएसजीले ११औँ पटक फ्रेन्च लिगको उपाधि उचाल्ने भएको छ । 

पीएसजीलाई च्याम्पियन बन्न एक अङ्कको खाँचो रहेको बखतामा शनिवार राति भएको खेलमा लियोनेल मेस्सीले गरेको गोलले पीएसजीलाई उपाधि जित्न सहज भएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा टुङ्गिए पनि दोस्रो हाफको ५९औँ मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

तर, घरेलु टोली पीएसजीले लिएको सो अग्रता लामो समयसम्म कायम रहन भने सकेन । खेलेको ७९औँ मिनेटमा केभिन गेमेरियोले गोल गरे पछि स्ट्रासबर्गले बराबरीमा मात्रै खेलेन, रेलिगेसनबाट जान पनि रोकियो ।

यस बराबरीसँगै पीएसजीले ३७ खेलबाट ८५ अङ्क बटुलेको छ भने स्टार्सवर्ग ३७ खेलबाट ४० अङ्क जोडेर १५औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप