सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रोड्रिगो चम्किँदा रियलको पुनरागमन

आइतबार, १४ जेठ २०८०, ०९ : ५५
आइतबार, १४ जेठ २०८०

मड्रिड । रोड्रिगोले दुई गोल गर्दा रियल मड्रिडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियालाई पराजित गरेको छ । शनिबार भएको खेलमा रियल २–१ गोलले विजयी भएको हो ।

खेलको तेस्रो मिनेटमा राफा मिरको गोलमा सेभियाले अग्रता लिएको थियो । तर खेलको २९ औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा उत्कृष्ट सोलो गोल गर्दै रियललाई जीत दिलाए । 
८३ औँ मिनेटमा मार्कस अकुनाले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा सीमित बनेको थियो । यो सिजन उनको चौथो रेड कार्ड हो । 

सेभिया लिगको १० औँ स्थानमा रहेको छ । बुधबार हुने युरोपा लिगको फाइनलमा रोमालाई पराजित नगरे टोली सन् २०१२–१३ यता पहिलोपटक च्याम्पियन्स लिग खेल्न पाउने छैन । उता ३७ खेलपछि रियल ७७ अङ्कसहित दोस्रो स्थानमा कायम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप