आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काभा भलिबलमा नेपाल तेस्रो

आइतबार, १४ जेठ २०८०, १४ : ५१
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३—१ सेटले पराजित ग¥यो ।

प्रतियोगितामा उज्वेकिस्तानले चौथो स्थान हासिल ग¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा नेपाल पहिलो सेटमा २०—२५ अंकले पछाडि परेको थियो । त्यसपछि भने नेपालले खेलका उत्कृष्ट पुनरागमन गरेको थियो ।

नेपाली टोलीले दोस्रो सेटको नजितलाई २५—१६ अंकले आफ्नो पक्षमा परेको थियो । त्यसपछि लयमा फर्किएको नेपालले तेस्रो सेट २५—१५ र चौथो सेट २५—१३ अंकले जितेको थियो । गत शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाली टोली कजाकस्तानसँग पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल भने आइतबार साँझ भारत र उज्वेकिस्तानबीच हुनेछ । प्रतियोगिता राखेपको विशेष सहयोग र नेपाल भलिबल संघको आयोजनामा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप