आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आमाको दूध हालेर कफी बनाउने क्याफे

आइतबार, १४ जेठ २०८०, १४ : ४९
आइतबार, १४ जेठ २०८०

रसियाली सहर पर्मस्थित एउटा क्याफेले यस्तो मेन्यु सार्वजनिक गरेको छ, जसले पछिल्लो समय विवाद निम्त्याएको छ । 

पर्मस्थित कफी स्माइलको क्याफे चेनले केही हप्ता अघि लाटे र क्यापुचिनो जस्ता आफ्ना कफी उत्पादनमा आमाको दूधलाई मुख्य सामग्रीको रूपमा प्रयोग गर्ने बताएपछि यस्तो विवाद निम्तिएको हो । यस महिनाको सुरुवातमा कफी स्माइलको आउटलेटले आफ्नो नयाँ सामग्रीबारे जानकारी दिन पोस्टर टास्न सुरु गरेको थियो । त्यसपछि थुप्रैले यसको फोटो सामाजिक सञ्जालमा सेयर गर्न थाले । 

breast milkकफी स्माइलका मालिक म्याक्सिम कोबेलेभले यसको विज्ञापन गरिएको भिडियोमा आफ्नो क्याफेले आमाको वास्तविक दूधलाई विशेष तरिकाले फार्मेसीको ब्यागमा स्टोर गरिने बताए । क्याफेमा दूधको आपूर्तिका लागि नयाँ बनेका आमालाई लक्षित गरिएको छ । 

breast milk1‘मेरो हालै बच्चा जन्मिएको छ । दूध धेरै आउँछ,’ एउटी आमा र क्याफेलाई दूध आपूर्ति गर्ने महिलाले उक्त भिडियोमा भनेकी छिन् । ‘बच्चाले थोरै मात्रै दूध खान्छ, त्यसैले खेर जाने दूधबाट किन पैसा नकमाउने त, भनेर सोचेँ । म हेयरस्टाइलिस्ट हुँ तर बच्चा सँगै हुँदा धेरैको कपाल काट्न सकिँदैन । म आफ्नो दूधले श्रीमान्‌का लागि कफी बनाउँछु, उनलाई यो मन पर्छ ।’

breast milk2कोबेलेभले सुरुमा ४०–४५ कप आमाको दूधको कफी बेच्ने बताए । दूधलाई राम्रोसँग परीक्षण, प्याकेजिङ र भण्डार गरेर राखिने उनले बताए । यस वर्षको अन्त्यमा, यसलाई हजार कपसम्म पुर्‍याउने योजनामा आफू रहेको उनले जानकारी दिए । यस्तो अचम्मको कफीको मूल्य कति पर्ला त भनेर सोचिरहनुभएको होला भने एक कप कफीको ८ डलर अर्थात् एक हजार रुपैयाँ बढी पर्छ ।

यसबारे विज्ञापन गरिएको भिडियो सोसल मिडियामा भाइरल भएपछि कतिले यो वास्तविक हो र भनेर प्रश्न गरेका छन् । यस्तै, कतिले रसियाको खाद्य सुरक्षा प्राधिकरणले यसबारे किन चासो व्यक्त नगरेको भनेर पनि जिज्ञासा राखे । साथै, कतिले यस्तो कफी चाख्न मन लागेको इच्छा पनि व्यक्त गरे ।

‘कसैको ब्रेस्ट मिल्क खानु भनेको अचम्मको कुरा होइन र, त्यसमाथि पनि नचिनेको महिलाको ?,’ एकजनाले प्रश्न गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप