मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कैलाली प्रिमियर लिगमा गोदावरी नगरपालिका च्याम्पीयन

आइतबार, १४ जेठ २०८०, २० : १४
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा भएको कैलाली प्रिमियर लिग अन्तरपालिका टीट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि कैलालीको गोदावरी नगरपालिले जितेको छ । जेठ ७ गतेदेखि  धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थितनगर खेल मैदानमा सञ्चालन भएको उक्त प्रतियोगिताको फाइनलमा आइतबार टीकापुर नगरपालिकालाई ५ विकेटले हराउँदै गोदावरी च्याम्पीयन बनेको हो ।

फाइनलमा टिकापुर नगरपालिकाले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा ८६ रन बनाएको थियो । टिकापुर नगरपालिकाका लागि यादव साउँदले २८  बलमा सर्वाधिक २१ रन बनाए । रक्षित बलमे १३ रन र सञ्जय रावलले  १० रन बनाए । अन्य खेलाडीहरुले दोहोरो सँख्यामा रन बनाउन सकेनन् ।

गोदावरी नगरपालिकाका बलर लागि सुशील साउँद र सन्तोष कार्कीले ३/३ विकेट  लिए । फिर्दोष अन्सारीले पनि २ विकेट हात पारे । ८७  रनको लक्ष्य पछ्याएको गोदावरी नगरपालिकालेले १५.१ ओभरमै केवल ५ विकेट गुमाएर जित हासिल ग¥यो । गोदावरी नगरपालिकाका लागि फिर्दोष अन्सारीले ३४ बलमा अविजित २३ रन बनाए । सैलेश कठायतले २० र दिपेश कँडेलले १७ रन बनाए । टिकापुर नगरपालिकाका बलर पारस तिमिल्सिनाले २ विकेट लिए ।

उपाधिसँगै गोदावरी नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पायो । उपविजेता टीकापुरले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । विजयी टोली र खेलाडीलाई फाप्ला खेलग्राम विकास समितिका अध्यक्ष सुवाश शाही,  कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मी, कोषाध्यक्ष दिनेशबहादुर सिंह, कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्ट, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिबहादुर खड्का, नेपाल क्रीकेट संघका पुर्वउपाध्यक्ष रतनबहादुर कठायत, माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदलगायतले पुरस्कार वितरण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप