सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सालको काठसहित नुवाकोटबाट दुईजना पक्राउ

आइतबार, १४ जेठ २०८०, २२ : ०२
आइतबार, १४ जेठ २०८०

नुवाकोट । नुवाकोटको कागुनेबाट सालको काठ र गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रूपमा ओसारपसार भइरहेको ८४ दशमलव ८७ क्युफिट सालको काठ प्रहरीले ओसारपसार गरिरहेको गाडीसहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

प्रहरी चौकी सामरीबाट खटिएको प्रहरी टोलीले म्यागङ गाउँपालिका–५ सामरी कागुनेबाट धादिङ जिल्लातर्फ जाँदै गरेको बा३क ३२९६ नम्बरको आईचर गाडीसहित सालको काठ र दुई जना युवकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

सालको चिरुवा काठ अवैध रूपमा लोड गरी लैजाँदै गरेको अवस्थामा फेला पारी तत्कालै आइचर गाडी, गाडीमा चालक नुवाकोटकै म्यागाङ गाउँपालिका–३ का २१ वर्षीय योगेश तामाङ र सोही गाडीमा सवार रहेका विदुर नगरपालिका–१३ का ५० वर्षीय मैत तामाङलाई सालको काठ र गाडीसहित नियन्त्रणमा लिई कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

गाडीसहित चिरुवा ७४ थान अर्थात् ८४.८७ क्युफिट सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय नुवाकोटमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप