आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्रीसँग ५ जना मन्त्री भारत भ्रमणमा जाने

सोमबार, १५ जेठ २०८०, १६ : २५
सोमबार, १५ जेठ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना मन्त्री भारत भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गर्दै ५ जना मन्त्री भारत भ्रमणमा जाने टुंगो लागेको हो । 

मन्त्रिपरिषद बैठकपछि सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको टोलीमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्र एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल सहभागी हुने जानकारी दिइन् । प्रधानमन्त्रीसहितको टोली यही जेठ १७ देखि २० सम्मका लागि भारत भ्रमणमा जाँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप