आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुद्धिचालमा सुदिप च्याम्पियन

मङ्गलबार, १६ जेठ २०८०, ०७ : १४
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौं । ‘प्रथम कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिता’को उपाधि काठमाडौंका युवा खेलाडी सुदिप तामाङले जितेका छन् । उनले नवौं चरणको खेलमा पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका थिए । सुदिपले ६ खेलमा जित र तीन खेलमा बराबरी खेल्दै साढे सात अंक जोडेका थिए ।

उनले उपाधिसँगै १० हजार रुपैयाँ नगद पुरस्कार पनि जिते । गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघको आयोजना र नेपाल बुद्धिचाल महासंघको सहयोजनामा सोमबार भएको प्रतियोगितामा समान साढे सात अंक जोडेका फिडे मास्टर क्षितिज भण्डारी दोस्रो भए । उनी सुदिपसँग प्रोगे्रशिभ टाइब्रेकरमा पछि परेका थिए । उनले सात हजार रुपैयाँ पुरस्कार जिते ।

नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले तेस्रो स्थानमा चित्त बुझाए । उनले अन्तिम चरणमा क्षितिजसँग बराबरी खेलेका थिए । पुरुषोत्तम सिलवाल, सुुश्रुत दाहाल, सजिन महर्जन, आशिष फुयाल, सुरविर लामा, राजन पुरी र श्रीलंकाकी एम. सचिन राणसिंगे क्रमश चौथोदेखि दशौं स्थानमा रहे ।

राणसिंगे महिलातर्फ प्रथम भइन् । ५५ बर्ष उमेरसमूहभन्दा माथि भगवतीप्रसाद शर्मा उत्कृष्ट रहे । सहकारीतर्फ एनसीएफका सुरेश थापा प्रथम भए, महिलातर्फ पुनम प्रसानी उत्कृष्ट भइन् । एक हजारदेखि १६ सयसम्मको रेटिङतर्फ खोमप्रसाद तिमल्सिना उत्कृष्ट भए । वेष्ट ¥यांक सुधार गर्नेमा मनोज कुमार श्रेष्ठ उत्कृष्ट रहे ।

विजेता खेलाडीलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष रमेश पोखरेल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष विदुर गौतमले पुरस्कार वितरण गरेका थिए ।

महासंघका अध्यक्ष कँडेलले बुद्धिचाल प्रतियोगितालाई आगामी दिनमा अझै भव्य रुपमा आयोजना गर्ने घोषणा गरे । ललितपुर जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा एक सय ११ जनाको सहभागीता रहेको जानकारी प्रमुख आर्विटर उमेश केसीले दिए । प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका खेलाडीहरुको सहभागीता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप