सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

मङ्गलबार, १६ जेठ २०८०, ०७ : ४०
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । 

पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, रङ्गशालामा नै हुने दोस्रो खेलमा भने एपिएफ फुटबल क्लब र चर्च ब्वाईज आमनेसामने हुनेछन् । सो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप