आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

सार्वजनिक ऋणको ब्याज तिर्न सरकारले छुट्यायो १ खर्ब ५ अर्ब रुपैयाँ

मङ्गलबार, १६ जेठ २०८०, १५ : ०५
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सार्वजनिक ऋणको ब्याज भुक्तानीका लागि मात्र १ खर्ब बढी बजेटको व्यवस्थापन गरेको छ । 

आन्तरिक र बाह्य ऋणको ब्याज खर्च बापत सरकारले कूल १ खर्ब ५ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ छुट्याएको हो । 

सरकारको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आन्तरिक र बाह्य गरी कूल २० खर्ब ८० अर्ब रुपैयाँ सार्वजनिक ऋण पुगेको छ । 

तर, आगामी आर्थिक वर्षका लागि ४ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको घाटाको बजेट ल्याएको सरकारले अपुग खर्च सार्वजनिक ऋण तथा आर्थिक सहायताबाटै जोहो गर्ने बताएको छ । यसले थप सार्वजनिक ऋणको आकार बढ्ने स्पष्ट छ । 

यहीँ बाध्यतालाई मनन गर्दै सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋणको ब्याज, सेवा शुल्क तथा बैंक कमिसनका लागि ९३ अर्ब २३ करोड रुपैयाँ र बाह्य ऋणको ब्याज भुक्तानीका लागि १२ अर्ब १५ करोड ५८ लाख रुपैयाँ छुट्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप