सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ जहाज बेच्न मूल्याङ्कनको काम अन्तिम चरणमा

मङ्गलबार, १६ जेठ २०८०, १६ : ०४
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । नेपाल वायु सेवा निगमले चिनियाँ जहाज बेच्नका लागि मूल्यांकको काम अन्तिम चरणमा पुगेको जनाएको छ । निगमलाई निरन्तर घाटा दिइरहेका चिनियाँ जहाजलाई बेच्ने प्रक्रिया अघि बढाउन मूल्यांकनको काम अन्तिम चरणमा पुगेको हो ।

हाल निगमसँग दुई वटा एमए ६० र तीन वटा वाई १२ ई चिनियाँ जहान छन् । यी जहाज सञ्चालन गर्न प्राविधिक, व्यावसायिक र आर्थिक रूपमा अनुपयुक्त भएको, बीमा खर्च तथा इन्धन खपत अत्याधिक रहेको, सीमित यात्रु बहन क्षमता र जगेडा पार्टपुर्जामा समेत समस्या छ ।

यी जहाज सञ्चालन गर्दा निगमले २०७१ सालदेखि २०७६ सालसम्मको अवधिमा सञ्चालन घाटा ७७ करोड ७४ लाख १० हजार रुपैयाँ छ । यस्तै, कूल घाटा १ अबए ९० करोड ६९ लाख ३३ हजार रुपैयाँ छ , यी जहाज सञ्चालनमा राखिराखेमा अझै घाटा हुने निगमको आँकलन छ । यहीकारण, यी जहाज सञ्चालनमा छैनन् ।

यही लक्ष्यसहित तत्कालिन मन्त्री योगेशकुमार भट्टराईको कार्यकालमा मिति २०७७ असार १६ गते ती जहाजहरू सञ्चालनमा नल्याउने निर्णय भएको थियो । यसपछि २०७८ मंसिर २२ गते यी विमानको सञ्चालनको विषयमा छानबिन गर्न उप समिति गठन भएको थियो ।

अध्ययनका क्रममा पाइलट एवं पार्टपुर्जा अभाव लगायतका कारणले सञ्चालन गर्न कठिनाइ भएको र सो भन्दा अगाडि भएको सञ्चालक समिति एवं नेपाल सरकारको उपरोक्त निर्णय समेतको कारण पुनः सञ्चालन प्रक्रिया अगाडि बढाउन नसकिने निर्णय भएको थियो । नेपाल सरकारको निर्णय एवम् निगमको सञ्चालक समितिको मिति २०७२ साल ५ महिना २३ को निर्णय बमोजिम उक्त जहाजहरू लिजमा दिनको लागि निगमले मिति २०७९ साल ५ भदौ २९ मा नियमानुसार पैँतालिस दिनको सूचना जारी गरेको थियो ।

तर, त्यस अवधिमा कुनै पनि आवेदन नपरेपछि नेपाल सरकारको निर्णयानुसार उक्त जहाजहरू बिक्री प्रक्रिया अगाडि बढाउनको लागि जहाजहरुको मूल्याङ्कनको प्रक्रिया अन्तिम चरणमा पुगेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप