सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठगी

मङ्गलबार, १६ जेठ २०८०, २० : ४९
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ५० वर्षीय सुरेश पाख्रिन रहेका छन् । 

पाख्रिनले फूर्पा शेर्पासहित ४ जनालाई फ्रान्समा १ लाख रुपैयाँ तलब हुन्छ, जान १७ लाख रुपैयाँ लाग्छ भन्दै रकम लिएर सम्पर्कविहीन बनेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले जेठ १६ गते ललितपुरको पुल्चोकबाट पक्राउ गरेको थियो । कार्यालयले थप अनुसन्धान र कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप