सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुर्घटनामा बालकको मृत्यु

बुधबार, १७ जेठ २०८०, १० : ३६
बुधबार, १७ जेठ २०८०

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो । उनी ट्रयाक्टरका सहचालक थिए । 

मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ । दुर्घटनाबारे कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप