आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दूध दिवसको अवसरमा दूध पान गराउँदै एक लाख नगद सहयोग

बुधबार, १७ जेठ २०८०, १२ : ०७
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले विश्व दूध दिवस उपलक्ष्यमा नवकिरण अनाथ असहाय बाल उत्थान समाजमा दूध तथा दुग्ध पदार्थ सेवन गराई दिवस मनाएको छ ।

अनाथालयमा ४५ जना बालबालिकाहरु छन् । एसोसिएसनले अनाथालयमा बालबालिकाको शिक्षाका लागि एसोसिएसनले एक लाख रुपियाँ नगद सहयोग पनि गरेको छ ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले विश्व दिवसको अवसरमा मात्र होइन, यसरी दूध पान गराउने कार्यक्रम नियमित गर्नुपर्ने बताए । दूध मानव स्वास्थ्यका लागि सबभन्दा तत्त्व रहेको उल्लेख गर्दै उनले दूध सेवनलाई आश्रमलगायत अन्य विभिन्न ठाउँमा नियमित गर्नुपर्ने बताए ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले दूधको महत्त्वको बारेमा जानकारी गराउँदै अन्य ठाउँहरूमा पनि दूध पान गराउनुपर्ने धारणा राखे । बालबालिकाले दूधको विषयमा राम्रो जानकारी पाए भने यसले दूध उत्पादन र प्रयोगमा वृद्धि गर्ने पनि उनको धारणा थियो ।

एसोसिएसनका अध्यक्ष दाहालका अध्यक्षतामा भएको कार्यक्रममा आश्रम सञ्चालकको यो महान कार्यमा एसोसिएसनले थोरै भए पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । यस वर्ष “दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार” भन्ने नाराका साथ विश्वभर दूध दिवस मनाउने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप