आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लेखा समितिमा मञ्जु खाणले के भनिन् ?

बुधबार, १७ जेठ २०८०, १४ : ३१
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद मञ्जु खाणले संसदीय समितिमा उपसमिति बनाउँदा सबै दलबाट सहभागिता हुने गरी समावेशी आधारमा बनाउनुपर्ने बताएकी छिन् । बुधबार सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले उपसमितिमा सबै दलका प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताएकी हुन् । 

उनले भनिन्–‘समितिको काम गर्न उपसमिति गठन गर्दै गर्दा धेरै साथीहरू आफ्नो आफ्नो पार्टीबाट आएका छौँ । सबैलाई समेटेर समावेशी गर्दा राम्रो होला भन्ने मेरो सुझाव छ ।’

सांसद खाणमाथि नक्कली भुटानी शरणार्थी बनाएर ठगी कार्यमा रहेको संलग्न रहेका व्यक्तिबाट रकम लिएको आरोप लागेको थियो । त्यसबारेको अडियो सार्वजनिक भएपनि प्रहरीले उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप