बाटोमा हिँडिरहेकी महिलाको सिक्री लुटपाट गर्ने पक्राउ
बुधबार, १७ जेठ २०८०, १८ : १३
काठमाडौँ । बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाको सिक्री लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ बस्ने पाण्डे भन्ने विष्णु तामाङ रहेका छन् ।
गत चैत १७ गते काठमाडौँ महानगरापलिका–३२ स्थित पेप्सीकोलामा गेटवे मन्टेस्वरी स्कुल अगाडि भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–७ बस्ने मनमाया छुजुले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री पछाडिबाट २ सय सिसीको पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले लुटेर फरार भएका थिए । घटनापछि फरार रहेका
मोटरसाइकल चालक तामाङलाई प्रहरीले काठमाडौँको जोरपाटीबाट मंगलबार पक्राउ गर्न भएको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।