सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पत्नीलाई हँसिया प्रहार गरी घाइते बनाउने पति  पक्राउ

बिहीबार, १८ जेठ २०८०, १४ : २७
बिहीबार, १८ जेठ २०८०

सुर्खेत । सुर्खेतमा पत्नीमाथि हँसिया प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१२ बाघखोरका २९ वर्षीय किरण नेपालीले श्रीमती अमृता नेपालीमाथि हँसिया प्रहार गरेका हुन् । 

हँसिया प्रहारपछि घाइते २६ वर्षीया अमृताको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । मानसिक रोगको औषधी सेवन गरिरहेका किरणले आज बिहान एक्कासि अमृतामाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले बताए । ‘केटा पनि मानसिक रोगीजस्तै छ, उनलाई अस्पताल पुर्‍याउने तयारी भइरहेको छ,’ उनले भने ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप