सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ सफल कलेजो प्रत्यारोपण

बिहीबार, १८ जेठ २०८०, १७ : ००
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ ।  सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ कलेजो सफलताका साथ प्रत्यारोपण गरिएको छ । प्रत्यारोपण  शल्यक्रियाको नेतृत्व कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ गरेका थिए भने भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलबाट आएका टोलीले कलेजो प्रत्यारोपणमा सहयोग गरेका थिए ।

कलेजो प्रत्यारोपित तथा अंगदाताको स्वास्थ्य अवस्था सामान्य रहेको प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठले बताए । दाङ जिलाका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उनकी श्रीमती ३७ वर्षीय आशा सुनारले आधा  कलेजो दान गरेकी थिइन् । कलेजो ग्रहण कर्ता र कलेजो दाता दुवै जनाले केन्द्रको सेवा बाट आफू अत्यन्त खुसी भएको र कलेजो दाताले आफूले पूर्ण स्वास्थ्य लाभ गरेपछि सम्पूर्ण अङ्गहरू मृत्यु पश्चात् दान दिन इच्छा व्यक्त गरेका छन् ।

कलेजो प्रत्यारोपणमा सर्जन डा. रोशन घिमिरे, डा.सपना बर्मा, डा. ललितकुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, डा. रेखा श्रेष्ठ, डा.रश्मित श्रेष्ठ, डा.शिवसुन्दर संलग्न थिए । त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा.समीर दवाडी, डा विवेक नेपाल, डा

जस्मिन जोशीले गरेका थिए भने पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्कीलगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएको थियो त्यसै गरी प्रत्यारोपण कार्यको संयोजन कोर्डिनेरहरु डा स्वस्तिक प्रधानाङ्ग, तारा साँध, अर्चना बगाले, सरु कोजु र सनिषा कार्कीले गरेका थिए । मुलुकमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले हालसम्म ११ जनाको प्रत्यारोपण गरिसकेको छ । हाल सम्म ८ जनामा जीवित दाताबाट र ३ जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रमा जम्मा रु १५ लाखमै कलेजो प्रत्यारोपण हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप